काठमाडौँ– नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विववरण अनुसार, सो अवधिमा अवधिसम्म कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको देखिएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८५.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


ADVERTISEMENT


समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि २१२.२० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म १ करोड ६७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ५ करोड २१ लाख रुपैयाँ भएको छ।


ADVERTISEMENT

# # #


चौथो त्रैमाससम्म कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी २८४.२५ प्रतिशतले बढेको छ।

कम्पनीले १ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ९१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ७२ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ८.५७ प्रतिशतले घटेर ४४ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ४९ करोड ६ लाख रुपैयाँ थियो।

कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) घटेर १४.०७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल २०.५२ प्रतिशत थियो। सीडी रेसियो ८७.३७ प्रतिशत रहेको कम्पनीको आधार दर १४.६६ प्रतिशत रहेको छ।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९.८० रुपैयाँबाट घटेर ९.६३ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.२५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.०५ रुपैयाँ रहेको छ