काठमाडौँ – सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केहि सञ्चारमाध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरि गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको पनि बताए ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने । निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बृद्धि गरि पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने, मन्त्रिपरिषद्को सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गर्ने निर्णय गरेको छ ।