काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परितर्वनसंगैं समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैको निम्ती चासो र चिन्ताको बिषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायीत्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस भन्ने सवैको चाहना रहेको उनको भनाई छ ।

प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताव्दीमा एकतासाथ साथ बिकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अव एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो बिकास गर्न आफु समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कला क्षेत्रमा समर्पित बिभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।