काठमाडौँ – एनआईसी एशिया बैंकले सडक दुर्घटनामा परी मृत्यु भएकाले तीन जना ग्राहकका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बचत खाता खालेका ३ जना मृतक खातावालका परिवारलाई बैँकले बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।


ADVERTISEMENT


उक्त बीमा लाभ प्राप्त गर्नेहरुमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेस्डर बचत खाता खालेका स्व. शिव प्रसाद सुवेदीकाी लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंकप्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीकी श्रीमती अनिता चौधरी रहेका छन् ।


ADVERTISEMENT

# # #


मृतक खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमकाबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैँकले सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समेटेको छ ।

बैँकले देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।