काठमााडैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । ट्रेकिङ एजेन्सिजन्सीज् एशोसिएशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका हुन् ।


ADVERTISEMENT


“टानले उठाएको टिम्सको समस्यासम्बन्धी विषयलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तत्काल व्यवसायीसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ, अन्य विषयमा पनि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु”, उनले भने ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् । “अहिले आरोहणमा नरहेका पाँच हजार ८०० मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुन सक्छन् तीनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने ।

संचारकर्मीहरु पुरस्कृत

कार्यक्रममा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल टेलिभिजनका आर्थिक समाचार प्रमुख प्रदीपकुमार चापागाइँ, न्यूज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमला, न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, पत्रकार सुवास योञ्जन, टिपी भुसाल, शङ्कर पण्डित, सरोज ओझा लगायतलाई टान जर्नालिज्म अवार्डद्वारा पुरस्कृत गरिएको थियो ।

उनीहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा टिम्स बिक्री गर्ने उत्कृष्ट १० कम्पनीलाई सम्मान गरिएको थियो । यस्तै, १७ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने स्वर्गीय शम्भु तामाङलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।