काठमाडाैं – हाल गर्मीको सिजन हो । यस्तो बेला मानिसहरू गर्मीबाट बच्न दिनमा धेरै पटक नुहाउने गरिरहेका हुन्छन् । पक्कै पनि तपाईँले गर्मी महसुस गर्दा दिनमा धेरै पटक नुहाउनु भएको होला। तर आज हामी तपाईँलाई एउटा यस्तो देशको बारेमा बताउन गइरहेका छौँ जहाँ जनजातिका महिलाहरू दिनमा एक पटक होइन जीवनभर एक पटक मात्र नुहाउँछन् । यी महिलाहरूले आफ्नो सौन्दर्य कायम राख्न जीवनमा एक पटक मात्र नुहाउँछन्। यो नाइजेरियामा रहेका सीमान्कृत समूदायको परम्परा हो ।


ADVERTISEMENT


विवाहमा मात्र नुहाउने परम्परा


ADVERTISEMENT

# # #


यी महिलाहरू आफ्नो विवाहमा मात्र नुहाउने गर्छन् र त्यसअघि वा पछि पानीलाई छुँदैनन् । वास्तवमा, यी महिलाहरूलाई पानी छुन पनि निषेध गरिएको छ, त्यसैले यी महिलाहरूले लुगा पनि धुँदैनन्। यी महिलाको तस्बिर हेर्दा तपाईँलाई उनीहरूको रङ्ग रातो पनि लाग्न सक्छ तर यसको पछाडि पनि एउटा कारण छ । यस जनजातिका महिलाहरूले कहिले पनि नुहाउँदैनन्, तर तिनीहरूले आफ्नो शरीरलाई ताजा राख्ने जडीबुटी प्रयोग गर्छन्।

दुर्गन्ध हटाउन धुवाँ 
महिलाहरूले यो जडीबुटीलाई पानीमा उमालेर यसको धुवाँ आफ्नो शरीरमा लगाउँछन् ताकि शरीरमा दुर्गन्ध नआओस् । यति मात्र होइन, आफ्नो शरीरको छालालाई स्वस्थ राख्न यी महिलाहरूले जनावरको बोसो र हेमाटाइट (फलामजस्ता खनिज तत्त्व) धुलोबाट विशेष प्रकारको लोसन बनाएर प्रयोग गर्छन्। हेमाटाइटका कारण उनीहरूको शरीरको रङ्ग रातो हुन्छ । यी महिलाहरूलाई रातो पुरुष पनि भनिन्छ।