काठमाडौँ – आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने भएको छ ।


ADVERTISEMENT


बालुवाटारमा बुधबार बसेको बैठकले सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल गर्दै अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने निर्णय गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।


ADVERTISEMENT

# # #


उनले कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको धारणा राखे । चुनावी तालमेलको विषय सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाई छ ।

कार्यदलको अर्को बैठक शनिबार बस्ने कार्कीले बताए ।