काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवको निर्वाचनपछि हम्रो पार्टी विलीन हुन्छ भनेर एमालेले हल्ला फैलाइरहेको बताएका छन् ।


ADVERTISEMENT


शनिबार एकीकृत समाजवादी उपत्यका युवा बिशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुहरुले बामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्नका लागि हात अघि बढाएको भन्दै अरु दलसंग बिलिन हुने अवस्था नरहेको बताए ।


ADVERTISEMENT

# # #


स्थनीय निर्वाचनमा आफ्नो पार्टीलाई आएको मतदेखि डराएर समाजवादी अन्य पार्टीसंग बिलिन हुने हल्ला एमालेले चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए ।

उनले एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता प्राप्त गरेकाले अवको निर्वाचनमा पनि गठबन्धनसंगै अघि बढ्ने जिकिर गरे ।

त्यस्तै उनले केहि नेताहरुका कारण पार्टीप्रति जनताको बितृष्णा पैदा भइरहेको भन्दै जनताको हितमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।