काठमाडौं – झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो ।


ADVERTISEMENT


प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पुर्याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो ।


ADVERTISEMENT

# # #


एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान आइपुग्ने भन्दै तस्बिरसहितको सन्देश पठाइएको थियो ।

अझ विदेशबाट कसैले नेपालीको नाममा सामान पठाएको र उक्त सामान आफूले विमानस्थलसम्म पुर्याइदिएको भन्दै भन्सार चुक्ताका लागि एकाउन्ट नम्बर उल्लेख गरेर पनि ह्वाट्स एपमार्फत धेरैलाई सन्देश पुगेको थियो ।

भन्सार विभागकै नाम तथा लोगो अङ्कित भएपछि सम्पर्कमा आएका कतिपयले यसलाई सत्य ठानेर थप कुराकानी र रकम भुक्तानीको प्रक्रियाका विषयमा सोधपुछसमेत गरेका थिए । तर यी कुनै पनि किसिमका गतिविधि भन्सार विभागबाट भने भएका थिएनन् ।  गोरखापत्र दैनिकबाट ।