काठमाडाैं – यस बर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ ।


ADVERTISEMENT


साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको चौथौं स्मृति दिवसका अवसरमा दाहाल यज्ञनिधि सुधार सदनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको छ । पुरस्कार ग्रहणपछि पुनले राष्ट्रको अस्तीत्व जोगाउनका लागि सवै लाग्नुपर्ने बताए । मातृभुमीलाई जोगाउनका लागी भनेर मात्रै केहि नहुने र अर्थतन्त्र सुधार गर्नुपर्ने उनले बताए ।

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो ।