काठमाडौँ– आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधनको शोकमा आइतबारको बैठक स्थगित भएको हो ।


ADVERTISEMENT


संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु राम्रो नहुने भएकाले बैठक स्थगित गर्न सुझाव दिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


घाँटीको क्यान्सरबाट ग्रसित प्रतिनिधि सभा सदस्य ७५ वर्षीय गिरीको शनिबार राति ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको शवलाई आजै अन्तिम श्रद्धाञ्जली दिइने बताइएको छ ।