काठमाडौं–देशभरी वाम उम्मेदवारको हालिमुहाली भइरहँदा गठबन्धनका एक प्रमुख शुत्रधार बामदेव गौतम भने नेपाली कांग्रेसका उम्मेदवारसंग जितका लागि कठिन संघर्ष गर्दै छन् ।


ADVERTISEMENT


बर्दिया क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सञ्जय गौतमसँग प्रतिस्पर्धा गरिरहेका एमाले वरिष्ठ नेता गौतम मतगणनाको अन्तिम चरणमा आइपुग्दा १६ सय ५० मतले पछाडि परेका छन् ।


ADVERTISEMENT

# # #


उनले ४१ हजार १ सय ६५ मत पाएका छन् भने कांग्रेसका सञ्जय गौतमले ४२ हजार ८ सय १५ मत ल्याएका छन् । झन्डै ९९ हजार मतदान भएको उक्त क्षेत्रमा अब ८ हजार हाराहारीमा मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । सोहि मतले वामदेवको भविष्य निर्धारण गर्नेछ ।

बर्दिया क्षेत्र नं. १ मा गत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादीले पाएको मत जोड्दा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो ।

कांग्रेस र राप्रपा सहित लोकतान्त्रिक गठबन्धनको पक्षले पाएको मत २५ हजार ७ सय ४२ थियो । यो हिसावका आधारमा बाम गठबन्धनको लोकतान्त्रिक गठबन्धनको भन्दा २९ हजार १ सय ६३ मत बढी थियो । यस आधारमा पनि यहाँ बामदेवले राम्रो मत ल्याएर विजयी हुने अनुमान गरिएको थियो ।

प्रतिनिधी सभा निर्वाचनमा गौतमले पाएको मत हेर्दा उनलाई बामपन्थी दलबाट नै मत नदिइएको त हैन भन्ने आशंका जन्माएको छ ।