धरान  – धरान जेसीजको जेसीज सप्ताह अन्तर्गत आज चौथो दिनको कार्यक्रममा एप्पल मन्टेस्वरी, धरान- ११ मा हेल्दी बेबी प्रतियोगिता सम्पन्न भएको छ।


ADVERTISEMENT


उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्य रहेको थियो भने धरान जेसीजका अध्यक्ष  प्रतिक श्रेष्ठले सभापतित्व गरे ।


ADVERTISEMENT

# # #


धरानमा रहेका विभिन्न मन्टेस्वरी स्कुलमा अध्यनरत ४ देखि ६ बर्षका ३५ जना नानी-बाबुहरुको सहभागिता रहेको थियो। नानीहरुको शारीरिक, मानसिक रुपमा हेल्दी हुनुका साथै उनीहरुमा रहेको अन्तर्निहित क्षमता अभिवृद्धिको उद्देश्य सहित धरान जेसीजले यो कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा एप्पल मन्टेस्वरीका प्रनय राई प्रथम , दोस्रो दिल्ली पब्लिक स्कुलका साइरा कोइराला तथा तेस्रो मेरीगोल्ड स्कुलका सामतुना कुलुङहुन सफल भए भने बेस्ट फोटोजेनिक एप्पल मन्टेस्वरीका खेसेमा याक्खा , बेस्ट टेलेन्ट पाठशाला मोन्टेस्वरीका आश्ना राउत, बेष्ट हेयर भिक्टोरी रेसिडेन्टल स्कुलका करुणा राई, बेष्ट स्माइल लिगामेण्ट स्कुलका नुयाङ राई तथा बेस्ट ड्रेस सुम्निमा स्कुलका हसेल तामाङले प्राप्त गर्न सफल भए।

कार्यक्रममा मुल संयोजक सलुजा मास्केले स्वागत तथा कार्यक्रममाथि प्रकाश गरेका थिए भने संयोजक निर्मला इवाराम, जुलीले धन्यवाद व्यक्त गरे। औपचारिक कार्यक्रमको सञ्चालन धरान जेसीजका महासचिव ऋषिराम भट्टराईले गरे ।