काठमाडौँ– प्रभु बैंक लिमिटेडका ग्राहकले मुक्तिनाथ स्थित युुरेका इन होटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यी दुई संस्थाबीच भएको व्यवसायिक सम्झौता अनुसार, प्रभुका ग्राहकले १० प्रशितसम्म छुट पाउने भएका हुन् ।
उक्त सम्झौतामा बैंकका तर्फबाट जोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युुरेका इन होटलका तर्फबाट प्रोप्राइटर सुरजन तुलाचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, युरेकाले बैंकका ग्राहकलाई फुड, वेभरेज र लजिङ्ग सेवामा १० प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ । यसका लागि ग्राहकलले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत भुक्तानी गर्नुपर्नेछ ।
यसबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।