काठमाडौँ – काठमाडौँ महानगरको २४ घण्टै अल्टिमेटमपछि काठमाडौँको भृकुटीमण्डपस्थित काठमाडौँ फनपार्कले कर तिरेको छ । फनपार्कले बिहीबार महानगरको राजस्व विभागमा मनोरञ्जन कर वापतको १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो ।


ADVERTISEMENT


फनपार्कले ५ वर्षदेखि मनोरञ्जन करवापत लाग्ने ५ प्रतिशत कर तिरेको थिएन । तर, बुधबार काठमाडौँ महानगरपालिकाले एकाएक २४ घण्टाभित्र मनोरञ्जन कर, बहाल कर र व्यवसाय कर नतिरे फनपार्क शिल गरिदिने चेतावनीसहितको पत्र काटेपछि फनपार्क कर तिर्न बाध्य भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै फनपार्कले बहालकर भने तिर्न बाँकी नै रहेको छ । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनु पर्ने छ । भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषदको ६० रोपनी जग्गा फनपार्कले १५ वर्षका लागि भाडामा लिएर मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।