काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाभियोग पूर्वाग्राही ढंगले आएको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा जवराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको पुष्टि हुने कुनै आधार नै नरहेको भन्दै आफूमाथिको महाभियोग समेत पूर्वाग्राही ढंगले आएको बताएका हुन् । पूर्वाग्राही ढंगले आरोप लगाउनु अनुचित भएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले आफूमाथि लगाइएको उक्त आरोपको पुष्टि स्वयं समितिमा रहेका पाँच जना हस्ताक्षरकर्ताले गर्नुपर्ने जिकिर गरे । उनले जसले आरोप लगायो, उहि नै समितिमा रहनु उचित नभएको र यो न्यायिक मूल्य मान्यताको विपरित भएको जिकिर गरे । उनले आफूले पदमा रहदा पदिय आचारणविपरित कुनै काम नगरेको दावी गरे ।

कुनै वस्तुनिष्ट कुरा उल्लेख नगर महाभियोग लगाउनु पूर्णत गलत रहेको जवराले बताए । उनले महाभियोग लगाउदा पुष्टि हुने कुरा पनि उल्लेख गर्नुपर्ने भएपनि त्यसो नगरेकाले प्रक्रिया नै गलत भएको जिकिर गरे । नेपाल बारले लगाएको २१ बुदेँ प्रस्तावलाई नै महाभियोगको प्रस्तावमा रुपमा ल्याइएको उनको भनाई छ ।

छानविनको प्रक्रिया प्रति जवराले आपत्ती जनाएपछि समिति सदस्य सांसद रेखा शर्माले नियमावली र संविधानको व्यवस्था अनुसार नै आफूहरु समितिमा उपस्थीति भएको जानकारी दिनुभयो । उहाले बारको प्रश्न नै महाभियोगको प्रस्तावमा ल्याइएको भन्ने जवराको जवाफले आफूहरु अपमानीत महशुस भएको जिकिर गरे ।

त्यस्तै समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै आपत्ति जनाइन् । उनले जवराकै कारण चार महिला न्यायलय अवरुद्ध हुनु नै ठूलो प्रमाण भएको जिकिर गरिन् । खड्काले जवरामाथिको आरोप पुष्टि हुने धेरै आधारहरु रहेको तर्क गरिन् ।

त्यस्तै बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र करछलीका मुद्दा फैसला भएको बताए । एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला आफ्नै कार्यकालमा भएको र धोबीखोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको जिकिर गरे ।

जबरामाथिको बयान आइतबार पनि जारी रहनेछ ।