काठमाडौं – अभिनेता अनमोल केसी अब चलचित्रमा फुटबल खेलाडीको भूमिकामा देखिने भएका छन् । उनकै पिता भुवनले निर्माण गर्ने तयारी गरिरहेको चलचित्र ‘क्याप्टेन’मा उनी फूटबल खेलाडीको रुपमा देखिन लागेका हुन् ।


ADVERTISEMENT


‘होस्टल’बाट अभिनयमा देखिएका अनमोलका चार चलचित्र सफल भएका छन् । यि चलचित्र सफल हुँदा पनि उनले अभिनयका हिसावले खासै प्रशंसा बढुल्न सकेका छैनन् । विषेश गरेर युवा पुस्ताले रुचाएका कारण उनी सफल देखिएको चलचित्रकर्मीको भनाइरहेको छ ।


ADVERTISEMENT

# # #


‘क्याप्टेन’ सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा उनी फुटबल टिमको क्याप्टेनको भुमिकामा देखिनेछन् । केही पहिले प्रदर्शित ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराइले यसलाई निर्देशन गर्दछन् ।
फागुणबाट छायाँकनमा जाने यो चलचित्रका बिषयमा अनमोलका पिता समेत रहेका निर्माता भुवन केसी अनमोलका फ्यानका लागि चलचित्र ‘क्याप्टेन’ सरप्राइज हुने बताउँछन् ।

अनमोलको पछिल्लो चलचित्र ‘कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउदैछ । यो चलचत्रिमा उनी फरक गेटअपमा देखिदै छन् ।