काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीकै आन्तरिक कमिकमजोरीका कारण स्थानीय निर्वाचनमा केहि सिट गुमाउनुपरेको बताएका छन् ।
शनिबार एमालेको केन्द्रीय सम्पर्क समन्वय कमिटीले काठमाडौंमा गरेको कार्यक्रमा उनले एमालेलाई गठबन्धनले हराएको नभई उम्मेदवार चयन लगाएतका आन्तरिक कमी कमजोरीका कारण सिट गुमाउनुपरेको बताएका हुन् ।
उनले आगामी निर्वाचनमा स्थानीय निर्वाचनमा देखिएको कमी कमजोरीलाई सच्चाएर अघि बढ्ने दावी गरे । नेम्वाङले मंसिर चार गर्ने हुने निर्वाचनमा एमालेले चूनाव जित्ने प्रसस्त आधारहरु रहेको र गठबन्धन भने चूनाव जित्न नसक्ने अवस्थामा रहेको जिकिर गरे । एमालेले गरेका राम्रा कामका साथै गठबन्धनले देशको हित बिपरित गरेको कामलाई जनताले मूल्याङ्कन गर्ने उनको भनाइ छ ।
त्यस्तै नेम्वाङले आगामी निर्वाचनमा एमालेका बिचार जनतामाझ लैजान र पार्टीलाई बहुमतले जिताउने गरि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।