काठमाडौं – इजिप्टमा एक जना व्यक्तिले यस्तो हरकत गरेका छन् जो थाहा पाएर तपाईं छक्क पर्नुहुनेछ । उनले प्रेमिका पढ्ने विद्यालयमा आगजनी गरेका छन् । उनलाई यही आरोपमा पक्राउ गरिएको छ।


ADVERTISEMENT


प्रेमिकाले विद्यालयको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन् । दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रेमिका फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थागित हुने भएपछि आफू आगजनीमा उत्रिएको ती युवकले बताएका छन् ।

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ । आगजनीमा विद्यायका कागजात पनि जलेर ध्वस्त भएका छन् ।