काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ ।


ADVERTISEMENT


एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित मङ्गलबार प्रहरीमा जाहेरी दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

जाहेरीपछि बालिकाको विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले उक्त घटनामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गरी जनाएको छ । लामिछाने अहिले लिग क्रिकेट खेलका सिलसिलामा विदेशमा छन् ।