सुनसरी – प्रखर वक्ता तथा चर्चित पत्रकार वीरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) प्रदेश १ स्थित प्रत्यक्ष तर्फको प्रदेशसभा सदस्य (प्रदेश सांसद) का लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस सुनसरीले केएमको नाम सुनसरी २ (ख) का लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT


३८ वर्षीय पत्रकार केएम उक्त क्षेत्रमा सिफारिस भएका अन्य उम्मेदवारहरुमध्ये सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वधिनताको पक्षमा वकालत गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा नेपालको तर्फबाट डिभेड गर्ने केएम काठमाडौंस्थित सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका प्रमुख हुन्  । २२ वर्षदेखि पत्रकारितामा आवद्ध केएम संघीयता विज्ञसमेत रहेका छन् ।

केएम प्रदेशको अधिकार तथा संवैधानिक संरचनाको ज्ञाता समेत रहेका राजनीतिशास्त्र, पत्रकारिता र कानूनका विद्यार्थी हुन् । सामाजिक अभिन्ता समेत रहेका केएम रैथाने मधेशीको पक्षमा वकालत गर्दै आएका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीका अनुसार पार्टीको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएकोले केएमको नाम प्रक्रिया अनुसार प्रदेश हुँदै केन्द्रीय कार्यसमितिमा पुगेको छ ।

‘टिकट दिने र नदिने वा कसलाई दिने त्यसको छिनोफानो अब ससंदीय समितीले गर्नेछ’ सभापति भण्डारीले भने, ‘तर केएमजी योग्य उम्मेदवार हुन् । अहिलेको समयको माग अनुसारका उहाँ दक्ष युवा उम्मेदवार पनि हुनुहुन्छ, जनतामा उहाँको लोकप्रियता पनि रहेको छ, अब हेरौं के हुन्छ ।’

सभापति भण्डारीका अनुसार प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारहरुको नाम कांग्रेसको केन्द्रीय संसदीय बोर्डमा पुग्ने प्रावधान छ । उक्त बोर्डले टिकटको छिनोफानो गर्नेछ ।