काठमाडौं – एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ । बैंकले नयाँ कार्डको अनावरण गरेसंगै दराजसंग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ ।
साथै बैंकको सो कार्ड MOCO Wallet मा लिङ्क गरेर पनि कारोबार गर्न सकिन्छ । बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी गराए ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।