काठमाडौं – ग्राहकहरूको विश्वास अझ सुदृढ बनाउन निरन्तर प्रतिबद्ध रहेको मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ ।

यस सेवामार्फत ग्राहकहरूले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन् । दाबीसम्बन्धी जानकारीमा ग्राहकको पहुँच र पारदर्शिता अभिवृद्धि गर्न नेपाल बीमा प्राधिकरणकोे निर्देशनअनुरूप सुरु गरिएको यो नयाँ सेवामार्फत ग्राहकहरूले आफ्नो दाबीको अवस्था अनलाइनमार्फत जुनसुकै समय र जहाँबाट पनि ट्र्याक गर्न सक्नेछन् । ग्राहकहरूले मेटलाइफ नेपालको वेबसाइटमार्फत आफ्नो दाबी प्रक्रियाको प्रगति, हालको समीक्षा चरण तथा पूरा गर्न बाँकी रहेका आवश्यक विवरण वा कागजातहरू हेर्न सक्नेछन् ।


ADVERTISEMENT

# #


मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्नुभयो, “बीमा भनेको अन्ततः ग्राहकलाई सबैभन्दा आवश्यक परेको समयमा गरिएको प्रतिबद्धता पूरा गर्नु हो, र दाबी भुक्तानी त्यस प्रतिबद्धताको महत्वपूर्ण पक्ष हो । ग्राहकहरूले दाबी दर्ता गरेपछि देखिन सक्ने अनिश्चितता कम गर्दै अझ बढी पारदर्शितामार्फत उनीहरूको विश्वास बढाउन मद्दत मिल्छ ।“ यो सेवा मेटलाइफ नेपालको ग्राहक–प्राथमिकता दृष्टिकोण तथा बीमालाई अझ सरल, पारदर्शी र सहज बनाउन डिजिटल सेवाको प्रयोगमार्फत निरन्तर सुधार गर्ने प्रतिबद्धताको प्रतिबिम्ब हो ।