काठमाडौं – प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनलबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


प्रभु बैंक र होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले होटल मानकी इन्टरनेशनल प्रालिद्वारा सञ्चालित “फुड” र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।


ADVERTISEMENT

# # #


सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनल प्रालिका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।