काठमाडौं – युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।

मिति २०७९ भाद्र २२ गते बुधबारका दिन सोहि नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको छ । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप ( प्रमुख सुरज उप्रेती, वडा न। ९ का अधक्ष माधव प्रसाद सिलवाल , भू पु वडा अधक्ष साहिला राईका साथै विभिन्न संग संस्था तथा प्रहरी प्रशासनबाट आएका अतिथिहरुको बाक्लो उपस्थिति थियो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि, त्यहाँको समाजसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुन्छ। उद्योग र समाज भनेको एउटै रथका दुइटा पांग्रा जस्तै हून्। उद्योगलाई पनि समाजको साथ, सहयोगको आवश्यकता पर्छ भने उद्योगले पनि सामाजिक स्तर उन्नति, दिगो विकासका लागि सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गर्नुपर्ने हुन्छ।

सोहि कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरेका छन् । यसका साथै उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका छन् । त्यसैगरी विभिन्न सामुदायिक विद्यालयहरुमा शैशिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड सिमेंट्सको उल्लेखनिय भूमिका रहेको कुरा सोहि कार्यक्रम मार्फत अवगत गराएका छन् ।

कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको कुरा बताए । एउटा घरमा यदि महिलाले सिप जानेकी छिन् भने, उनले सम्पूर्ण घरलाईनै आर्थिक तथा सामाजिक रुपमा व्यवस्थित गर्न सक्छिन् । कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेकोनै उसलाई दिगो आर्थिक विकास तथा स्तरउन्नतिको बाटो तर्फ लम्कन सिकाउनु हो भन्ने सबैको मान्यता रहेको कुरा सिलवालले व्यक्त गरेका थिए ।

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिंगमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो बहन गरेको अनि आउने दिनहरुमा पनि यसै समाजको तथा स्थानियवासीको हितमा हुने बिभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता कम्पनीले जायर गरेको छ ।