काठमाडौँ – नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब–करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो ।


ADVERTISEMENT


निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)/मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। जहाजको भी–१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको थियो ।


ADVERTISEMENT

# # #


आठ महिनाअघि यही जहाजको बायाँपट्टिको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो । ‘नाइनएन–एकेडब्लु’ कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको थियो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको निगमले जनाएको छ । रासस