काठमाडौँ – नेपालका लागि जेसीबी मेशिनको आधिकारी विक्रेता एम. ए. डब्ल्यु. अर्थमुर्भस प्रा.लि. ले नेपालमा १० हजार मेसिन बिक्री गर्न सफल भएको छ । यससँगै कम्पनीले नेपालको कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।


ADVERTISEMENT


सोही अवसरमा जेसीबी इन्डियाका सीईओ र कार्यकारी निर्देशक दीपक सेठीले, एमएडब्लु अर्थमुभर्सका एम.डी. विष्णुकुमार अग्रवाल र एमएडब्लु अर्थमुभर्सका सी.डी. र सीईओ गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सन्का एमडी निकोलस पान्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


एमएडब्लु जेसीबीले १०,०००औ मेसिनको रुपमा जेसीबी टेलिह्यान्ड्लर बिक्री गरेको हो । उक्त १० हजार नम्बरको मेसिनको चाबी हस्तान्तरण अवसरमा जे.सि.बि. इन्डियाका सीईओ तथा एम.डी. दिपक सुठीले नेपालको जे.सी.बी. डिलर सदैव ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता राख्ने गरेकै कारण दक्षिण एसियामा नम्बर १ रहेको दाबी गरे ।

हाल एम.ए.डब्लु. अर्थमुर्भसले प्रदान गरेको सेवा सुविधामा थप आवश्यक मद्दत परेको खण्डमा सदैव जे.सी.बी. इन्डिया सहयोग गर्न तत्पर रहेको उनले जानकारी गराए । १० हजार नम्बर जे.सी.बी.को चाबी ग्रहण गदै कालिका कन्स्ट्क्सन प्रा.लि.का एम.डी. निकोलस पाण्डेले जे.सी.बी.ले दिने सेवा सुविधाका कारण आफ्नो कम्पनीको पहिलो रोजाई नै जे.सी.बी. भएको बताए ।