काठमाडौं – नेपाली कांग्रेसका नेता सुरेन्द्र भण्डारीले गण्डकी प्रदेश सांसदका लागि गोरखाको क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा समानुपातिकतर्फ दाबी गरेका छन् ।
लामो समय कांग्रेसको राजननीतिमा होमिएका भण्डारीले आगामी मंसिरमा हुने आम निर्वाचनमा प्रदेश सांसदका लागि गोरखा जिल्लाबाट समानुपातिकमा दाबी गरिरहेका हुन् र
भण्डारीले भने, ‘महाधिवेशन प्रतिनिधि एवम् वित्तीय तथा सहकारी समन्वय विभागका पूर्व सचिव समेत रहेका युवा नेता भण्डारीले गोरखाको क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा समानुपातिकतर्फ मैले दाबी गरेको छु ।’
नेता भण्डारीले थपे ‘गोरखा कांग्रेसले विश्वास गरेर मलाई प्रदेशमा समानुपातिकतर्फ टिकट दिनेछ भन्ने विश्वाससमेत छ ।’
भण्डारीले गोरखा कांग्रेसका सिनियर नेता र अन्य साथीहरूसँग पनि आफ्नो उम्मेदवारीका विषयमा परामर्श गरिरहेका छन् । कांग्रेस नेता भण्डारी सहकारीका अभियन्ता पनि हुन् ।
सहकारीका विषयमा कुनै निर्णय वा सरसल्लाह लिनुपर्दा कांग्रेसले भण्डारीसँग पनि परामर्श गर्ने गरेको छ ।