काठमाडौं – काठमाडौंको सामाखुसीमा छतबाट खसेर एक जना युवकको मृत्यु भएको छ । सामाखुसीमा रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलको तेस्रो तलाबाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको मृत्यु भएको हो ।


ADVERTISEMENT


गुरुङ एक वर्षदेखि सोही होस्टलमा बस्दै आएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सोमबार बिहान १० बजे होस्टलको छतबाट खस्दा गुरुङ गम्भीर घाइते भएको र उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । ब्रिटिस गोरखामा जान उनी उक्त होस्टलमा बसेर प्रशिक्षण लिँदै आएको खुलेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।