काठमाडौं – एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज र प्रभावकारी बनाउन भिसासँग ‘भिसा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।

सम्झौतासँगै एनएमबि बैंकका ग्राहकहरूले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्ने भएका छन्। भिसाको यस प्रविधिमार्फत ग्राहकले झन्झटमुक्त, भरपर्दो र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ।


ADVERTISEMENT

# #


भिसा डाइरेक्ट टू एकाउन्ट सेवा विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको छ। यस प्रविधिले अन्तर्राष्ट्रिय भुक्तानी तथा रकम स्थानान्तरण प्रक्रियालाई सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

यस सम्झौतामार्फत एनएमबि बैंकले आफ्ना ग्राहकलाई आधुनिक डिजिटल वित्तीय सेवा उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको विकल्प विस्तार गर्ने लक्ष्य लिएको छ।


ADVERTISEMENT

#
#