काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपालको पहिलो टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सरेको छ । काठमाडौँमा असोज ८ गते (सेप्टेम्बर २४)देखि सुरु हुने लिग खेलाडी बस्ने होटेल र मैदानको सुरक्षाको कारण देखाउँदै सरेको हो ।


ADVERTISEMENT


क्यानले लिगका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । तर, गृह मन्त्रालयले लिगकै बीचमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्ने र निर्वाचनका विभिन्न कार्यक्रम हुने भएकाले निर्वाचनपश्चात मात्रै लिग सञ्चालन गर्न आग्रह गरेपछि लिग सरेको हो ।


ADVERTISEMENT

# # #


लिगमा सहभागी हुने केही विदेशी खेलाडीहरुलाई उच्च सुरक्षा आवश्यक पर्ने भएकाले निर्वाचनको अवस्थालाई हरेर लिग सार्नुपरेको नेपाल टी–२०को गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लले जनाएका छन् । उनका अनुसार अब लिग ११ डिसेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म हुनेछ ।

लिगमा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जरर्स, विराटनगर सिपर किंग्स, जनकपुर रोयाल्स, लुम्बिनी अल स्टार्स र फार–वेस्टन युनाइटेड गरी ६ टोलीले सहभागीता जनाउँदैछन् ।

लिगमा पाकिस्तानका मोहम्मद आफिज, वेष्टइण्डिजका कार्लस ब्राथवेट, श्रीलंकाका थिसारा पेरेरा, अष्ट्रेलियाका बेन कटिङ लगायतका विश्वविख्यात खेलाडी अनुबन्ध भएका छन् ।