काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स र इशान चिल्ड्रेन एण्ड वमन्स हस्पिटलबीच सेवाप्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका थिए।


ADVERTISEMENT


आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म हस्पिटलबाट नगदरहित हस्पिटलाइजेशसन सुविधा प्राप्त गर्न सकिने सम्झौता उल्लेख छ।


ADVERTISEMENT

# # #


इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले हस्पिटलले आफ्ना ग्राहकलाई इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेशसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायतआवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवाआइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने भएकाले ढुक्क भएर सेवा लिन आग्रह गरे।