काठमाडौँ – नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ५ सय ३५ पीसीआर परीक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।