काठमाडौं – प्रभु बैंक लिमिटेड र कलैंया स्थित बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंकका तर्फबाट कलैया शाखा कार्यालय प्रमुख  मुकेश प्रसाद गुप्ता र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. का तर्फबाट अध्यक्ष किरण विक्रम शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.द्वारा सञ्चालित “लजिङ्ग” सेवामा र “फुड” (रु २००० माथीको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, रेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।