काठमाडौँ – ललितपुरको बागडोलमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ ।


ADVERTISEMENT


प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कागजको कवाडी गोदाममा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त भएपछि सेना, प्रहरी, शसस्त्र प्रहरी र उपत्यकाका ४ वटा दमकलको मद्दतले २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।


ADVERTISEMENT

# # #


आगलागीका कारण शिव नारायण पोदार, राम आशिष साह गम्भीर घाइते भएका छन् भने गणेश गुरुङ्ग घाइते भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधिर राज शाहीले जानकारी दिए ।

आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।