काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।


ADVERTISEMENT


बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले गठबन्धनले संसद बाहिर बसेर, अनधिकृत स्थानमा भेला भएर र संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्तोश व्यक्त गरे । उनले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गरे । नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसंग परामर्श नगरेको उनले बताए ।


ADVERTISEMENT

# # #


ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै विदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राखे । उनले संविधान अनुसार कुनैपनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन नमिल्ने बताए । यसअघि एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानूनलाई अहिले गठबन्धनमा रहेका दलहरुले रोकेको उनले बताए । त्यस्तै ओलीले गठबन्धनलाई पराजित गराएर छाड्ने र गठबन्धनका अपराधहरुकाविरुद्ध लडिरहेको एमालेलाई विजयी गराउने दाबी गरे।

गठबन्धनको गन्तव्य जसरी पनि सत्ता प्राप्त गर्ने मात्र रहेको उनले बताए । ओलीले एमालेको लक्ष्य समृद्ध नेपाल सुखि नेपाली भएपनि गठबन्धनको लक्ष्य आफ्नो परिवारको समृद्ध मात्र भएको आरोप लगाए । अध्यक्ष ओलीले एमालेको घोषणापत्रलाई देश र जनताको चाहना अनुसार बनाउन सवैपक्षसंग छलफल समेत चलाएको बताए ।

उनले प्रधानन्यायाधिशमाथि लागेको महाभियोगलाई बदनियताका साथ सभामुखले ६ महिनासम्म अघि नबढाएको आरोप लगाए । आरोप पुष्टि नहुदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट भएको उनको भनाई छ ।