काठमाडौँ – साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले मंसिर चार गते हुने निर्वाचन बहिष्कार र अवज्ञाको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


मुलुकको संसदीय व्यवस्था दलाल पूँजीवादी रहेकाले चुनावमा भाग लिनु भनेको जनताको दुःख र शोषण–उत्पीडनलाई प्रश्रय दिएकाले निर्वाचन बहिष्कार गर्ने निष्कर्षमा पुगेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले जानकारी दिए । उनले जनताको हित गर्ने वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्न अपिल गर्ने निर्णय भएको बताए ।

उनले संसदीय निर्वाचन भएपनि मुलुकमा कहिल्यै राजनीतिक स्थायीत्व हुन नसक्ने धारणा राखे । पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको संसदीय व्यवस्थाले जनघात र राष्ट्रघात बढेको बताए । संसदकै कारण मुलुकमा वैदेशिक हस्तक्षेप बढेको र संसद राष्ट्रघातको कारखाना भएको उनको भनाई छ ।

चार पार्टीले अहिलेको संसदीय व्यवस्थाको अन्त्यका लागि निरन्तर आवाज उठाउने समेत जनाएका छन् ।