निन्द्राको समयमा कुनै–कुनै बेला व्यक्तिलाई एक्कासी शरीर गहृौ भएजस्तो र माथिबाट केहि वस्तुले थिचेजस्तो भान हुने गर्छ । सामान्य बोलिचालीमा ‘ऐंठन’ पनि भनिने यसलाई  नेपाली समाजमा अन्धविश्वाससंग जोडेर हेर्ने चलन व्याप्त छ । सो अवधिमा व्यक्तिलाई हरेक कुराको ज्ञात भएपनि शरीर भने चलमलाउन समेत सकिदैन ।


ADVERTISEMENT


सुतेको समयमा देखापर्ने उक्त अवस्थालाई चिकित्सा क्षेत्रअन्तर्गत भने ‘स्लिपिङ प्यारालाइसिस’ भनिन्छ । यसले व्यक्ति बौद्धिक रुपमा सक्रिय हुँदाहुँदै पनि व्यक्ति एक ठाउँबाट अन्य ठाउँमा चल्न वा सर्न नसक्ने अवस्थालाई जनाउँछ । यस्ता समस्या व्यक्ति राम्ररी वा पूर्ण रुपमा निदाउन नसकेको अवस्थामा देखापर्छ । यस समयमा व्यक्ति केहि क्षणिक समयको निम्ति बोल्न पनि नसक्ने अवस्थाबाट गुज्रिनुका साथसाथै अधिकांशमा निस्सासिने समस्या पनि देखापर्छ । आखिर किन हुन्छ ऐंठन ? यससम्बन्धमा के भन्छ त चिकित्साशास्त्र ?


ADVERTISEMENT

# # #


‘स्लिपिङ प्यारालाइसिस’ रोग विशेष नभएर व्यक्तिमा देखा पर्ने एक समस्या हो । जुन व्यक्तिको सुताईको आशनदेखि मानसिक स्वास्थ्य अवस्थासंग समेत सम्बन्धित रहन्छ । व्यक्तिमा प्रायजसोः निन्द्राको गडबडी वा सुताइसँग सम्बन्धित विभिन्न कारणवश् देखापर्छ भने केही व्यक्तिमा भने यो मानसिक स्वास्थ्यका कारण पनि देखिएको पाइन्छ । यसबाहेक पर्याप्त निन्द्राको कमी ,सुत्ने समयतालिकाको गडबढि, चिन्ता वा तनावयुक्त अवस्था, सुताईको नमिल्दो आशन, डरलाग्दो सपना, विभिन्न औषधिको प्रयोग तथा दुर्व्यसनी यसका अन्य मुख्य कारणहरु हुन् ।

उपचार तथा बच्ने उपाय

स्लिपिङ प्यारालाइसिस कुनै–कुनै समयमा मात्रै देखापर्ने व्यक्तिमा देखा पर्ने शारीरिक समस्या हो । यो व्यक्तिमा क्षणिक रुपमा मात्रै देखिने भएकाले यसले स्वास्थ्यमा खासै ठूलो प्रभाव पार्दैन ।

तसर्थ कुनै पनि व्यक्ति यस्तो समस्याबाट आजित छ भने सो व्यक्तिले आफू सुत्ने समय तालिकालाई नियमित रुपमा अवलम्बन गर्न जरुरी देखिन्छ । यसका साथै व्यक्तिले सुतेको समयमा व्यक्तिमा यस्ता समस्या देखा परे आफ्नो सुताइको आशन परिवर्तन गरेर सुत्नुपर्छ । राम्ररी निन्द्रा नपुगेको कारण पनि व्यक्तिमा यस्ता समस्या देखापर्छ । सुत्ने समयमा निन्द्रा भंग गर्ने कुनै बाहिरी अवरोधहरु छन् भने त्यसले पनि निन्द्रालाई डिस्टर्ब गर्छ । त्यसैले हामीले हाम्रो सुत्ने ओछ्यान वरपर त्यस्ता केही अवरोधहरु छन्, कि छैनन् भन्ने विषयमा ध्यान पुर्‍याउनु जरुरी देखिन्छ ।

समग्रमा भन्नुपर्दा, यस्ता समस्या देखिएका व्यक्तिले के कारणवश आफुलाई सो समस्याले सताएको हो त्यसको पहिचान गरी त्यसबाट टाढा रहनु नै यसबाट बच्ने सबैभन्दा सजिलो उपाय हो । तर, यसो गर्दागर्दै पनि कतिपय व्यक्तिमा यो मानसिक समस्याको कारण पनि देखा पर्ने भएकोले यसले झन् जोखिम निम्याउन सक्ने डर हुन्छ ।

तसर्थ त्यस्तो अवस्थामा भने एक पटक सम्बन्धित चिकित्सकलाई देखाउनु उचित रहन्छ ।