काठमाडौँ – नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ८ सय ३० पीसीआर परीक्षणका क्रममा ५३ जना र २ हजार २ सय ३९ एन्टीजेन परीक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ७८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।