झापा – क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । शनिवार झापाको दमक नगरपालिकाकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न पालिका र अन्तराष्ट्रिय संयोजकहरु चयन गरेको छ ।


ADVERTISEMENT


जस अनुसार साधारण सभाले दमक शाखाको अध्यक्षमा दिदीपक खड्का को नेतृत्वमा १३ सदस्य समिति गठन गरेको छ । यस्तै उपाध्यक्ष मेघनाथ फुयाल, महिला उपाध्यक्ष अनु भण्डारी ,सचीवमा तिर्थ राज राई, सहसचिव सबिना साङ्पाङ, कोषाध्यक्ष राजु अधिकारी र सदस्यहरुमा खगेन्द्र गुरागाइ, दिवस खतिवडा , डिल्ली मिश्र, आशिष पौडेल, सन्तोस कार्की, सानुकुमार चौधरी, विनोद अधिकारी र कोसिस सिवाकोटी रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै क्लब हिमालयन टाइगरको कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भीमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिल बहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेम कुमार उप्रेती चयन भएका छन् ।

यस्तै  कार्यक्रमममा क्लबलाई विशेष योगदान दिएका वेनु प्रसाद चुडाल, १२१ पटक रत्तदान गर्ने राज कुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले विशेष सम्मान गरिएको छ । कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य, विभिन्न शाखाका कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि राम थापाले प्रमाण पत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै दमक नगरपालिकाका मेयर राम थापाले भने क्लबको माध्यमबाट युवाहरुले समाज रुपान्तरणमा खेलेको भूमिकाको सम्मान गर्दै आगामी दिनमा नगरपालिकाले क्लबसँगको सहकार्यमा काम गर्ने समेत बताए । युवाहरुको सामाजिक काम प्रतिको यो उत्साह देखेर आफु प्रफुल्ल भएको थापाले बताए ।

क्लब हिमालयन टाइगर २०७६ सालमा विधिवत स्थापन भई समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीले बताए । क्लबले आगामी १० वर्षमा १ लाख सदस्य बनाएर संस्थालाई विश्वव्यापी बनाउने लक्ष्य लिएको भण्डारीले बताए ।