काठमाडौँ – आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटमा असन्तुष्ट बनेको नेपाली काँग्रेसकोको शेखर कोइराला र गगन थापा समूहले पार्टी संस्था पक्षविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।


ADVERTISEMENT


सोमबार एक भेलाकाबीच काँग्रेसको उक्त समूहले आसन्न निर्वाचनका लासग सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको उम्मेदवारमा न्याय नगरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने उक्त समूहले जनाएको छ ।


ADVERTISEMENT

# # #


समूहका एक नेता भन्छन्, ‘हाम्रो आन्दोलन समान हक र न्यायोचित व्यवहारका लागि हो । नेतृत्वलाई मनोमानी गर्न नदिन बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा खबरदारीसहितको आन्दोलन गर्दैछौँ ।’

कोइराला समूहले संस्थापन पक्षसँग ४० प्रतिशत सिट माग गरिरहेको छ । तर, समानुपातिकमा सभापति देउवाले १० प्रतिशत मात्रै सिट दिएपछि शेखर समूहले चुनावमा गठबन्धनविरुद्ध विद्रोह गर्ने चेतावनी दिइरहेको छ ।