काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार चयन पार्टीभित्र आम सहमति अनुसार नै गरिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले समानुपातिकतर्फको बन्दसूची पेश गर्दा संस्थापन पक्षले एकलौटी निर्णय गर्यो भन्ने कुरामा कुनै सत्यता नरहेको समेत जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सूचीमा केही त्रुटी रहे पति त्यसलाई सच्याउने बताउँदै उनले भने, ‘सम्पूर्ण निर्णय आमसहमतिबाट, पदाधिकारी, पूर्वपदाधिकारी, संसदलीय बोर्डका सदस्यहरु तथा आमन्त्रित नेतागण तथा प्रदेशका सभापतिहरुलाई समावेश गरेर आमसहमतिकाट साथ त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटीहरु छन् । तर, एउटा पक्षलाई पक्षपोषण गरेर अर्को पक्षलाई कमजोर गरिएको छैन ।’

उनले समानुपातिकतर्फ १० प्रतिशत मात्रै पाएकाले संस्थापन पक्षविरुद्ध आन्दोलन गर्छौं भन्ने शेखर कोइराला पक्षको अभिव्यक्ति वाञ्छनीय नभएको बताए । प्रवक्ता महतले बन्दसूचीमा केही त्रुटीहरु भए पनि त्यो प्राविधिक कारणले मात्रै हुनगएको बताए ।