सल्यान – सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम तर्फ आउँदै गरेको जीप मूलपानीनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको र विस्तृत विवरण केहीबेरमा बाहिर आउने जानकारी दिएका छन् । अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।