विराटनगर – प्रदेश १ को राजधानी विराटनगरमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्की  भवनको निर्माण सम्पन्न गरेको छ । नवनिर्मित साँढे दुई तले भवनको मंगलबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


नव निर्मित पक्की भवनको लागत दुई करोड २९ लाख रुपैयाँभन्दा बढी भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । नव निर्मित पक्की भवन सुविधा सम्पन्न भएको पनि डीआईजी  गिरीले बताए ।


ADVERTISEMENT

# # #


 डीआईजी  गिरीका  अनुसार भवनमा शौचालयसहितको  दुईवटा थुनुवा कक्ष, कार्यालय प्रमुखको कक्ष, मिटिङ हल, भण्डार, सञ्चार, निवास रहेका छन् । भवनमा तीनवटा सुविधायुक्त शौचालय र बाथरुमसमेत रहेका छन्। शौचालय र बाथरुमका अतिरिक्त भवनमा १० वटा कोठाहरु रहेको  डीआईजी  गिरीले बताए ।

भौतिक सुविधा सम्पन्न संरचनाले २४ घण्टा नै ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउने बताए  डीआईजी  गिरीको तर्क छ । कार्यक्षेत्रमा हौशला प्रदान हुँदा प्रहरीको काम कारबाही चुस्त, दुरुस्त हुने उनको भनाइ छ । डीआईजी गिरीले जोश र उर्जाका साथ अहोरात्र नागरिकको सुरक्षामा खटिन प्रहरीलाई निर्देशन समेत दिए ।

मन्त्री  कार्कीले  भवनको उद्घाटन समारोहमा बोल्दै भने, ‘जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी सुरक्षित भयो भने मात्र नागरिक सुरक्षित हुन्छन् । प्रहरीले प्रयोग गर्ने संरचनालाई सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार तयार  छ।’

समारोहका अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैँमा असुरक्षित रहन नहुने बताए । आफू सुरक्षित भए मात्रै प्रहरीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने दाहालको भनाइ छ। सरकारले प्रहरीको गाँस, बास र कपासमा विशेष ध्यान दिनुपर्नेमा दाहालले बताए ।

का छन्।