काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र पक्षधरबीच पार्टी एकता भएको छ । आइतबार काठमाडौँ राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र तथा उनी निकट केही नेताहरुबीच एकता घोषणा भएको हो ।


ADVERTISEMENT


एकता सम्झौता अनुसार एकतासँगै रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ बनेका छन् । हाल ६ उपाध्यक्ष रहेको राप्रपामा ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । राप्रपामा प्रवेश गर्ने भएपछि उनले सोमबारमात्रै विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।


ADVERTISEMENT

# # #


मिश्रले वि.सं २०७३ फागुनमा पत्रकाररिता छाडेर साझा पार्टी खोलेका थिए । त्यसपछि उज्ज्व थापा नेतृत्वको विवेकशील नेपाली दलसंग एकता गर्दै विवेकशील साझा बनाएका थिए । वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाका लागि काठमाडौँ–१ बाट निर्वाचन लडेका मिश्र नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग झिनो अन्तरले पराजित भएका थिए ।

पछिल्लो समय ‘विचार भन्दा माथि देश’ भन्ने राजनीतिक दस्तावेज अघि सारेपछि उनको पार्टीभित्रै आलोचना भएको थियो भने मिलन पाण्डे पक्ष विवेकशील साझापार्टीबाट अलग्गिएको थियो । मिश्रले गत वैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा पार्टीले विर्सनलायक प्रदर्शन गरेपछि अध्यक्षबाट राजीनामा दिएका थिए ।