काठमाडौं-ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध नहोस् भन्ने उद्देश्यले १६ हजार ५५ रूपैयाँ संकलन गरी यक्सोलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


पत्रकार महासंघ जिल्ला शाखा, ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्धाक ‘प्रयास’ र विद्यार्थी जीवन भट्टराईले संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


जिल्लाको आठराई त्रिवेणी गाउँपालिका घर भई हाल भानु जन मा वि मा कक्षा १२ मा अध्ययनरत सविताको गत मंसिर १९ गते आगलागीका कारण घर जलेर नष्ट भएको थियो । उनीसहितको गरी एकै समयमा सो ठाउँका तीन घर जलेका थिए ।