एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले बुधबारदेखि लागू हुने गरी लम्साललाई सञ्चालकमा नियुक्त गरेको छ। लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
अर्थशास्त्र एवम् बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गरेका लम्साल वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएका थिए।