काठमाडौँ – श्रीलंका अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर १२’मा प्रवेश गरेको छ । पहिलो राउण्ड समूह ‘ए’मा रहेको श्रीलंकाले निर्णायक खेलमा बिहीबार नेदरल्याण्डलाई १६ रनले हराउँदै अन्तिम १२ को ‘सुपर १२’ प्रवेश गरेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाको भिक्टोरियास्थित जीएमएचबीए स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनायो । १६३ रनको लक्ष्य पच्छयाउँदै जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४६ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेदरल्याण्डका लागि म्याक्स ओडाउडले ५३ बलमा ६ चौका र ३ ५ छक्काको मदतमा नटआउट ७१ रन बानउँदा पनि जित दिलाउन सकेनन् । यस्तै कप्तान स्कट इडवार्डले २१, टोम कुपरले १६ तथा वास डी लीडेले १४ रन मात्रै बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा डीसिल्भाले ३ विकेट चट्काए भने महिश थिक्सानाले २ तथा बिनुरा फर्नान्दो र लाहिरु कुमाराले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङ तर्फ श्रीलंकाका कुशल मेण्डिसले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ७९ रनको योगदान दिए । यस्तै चरिथ असलंकाले ३१, भानुका राजपाक्षले १९ र पापथुम निशांकाले १४ रनको योगदान दिए । बलिङतर्फ पउल भान मीकरन र वास डी लीडेले समान २–२ तथा टिम भान देर गुग्टेन र फ्रेड क्लासेनले समान १–१ विकेट लिए ।

‘सुपर १२’ मा को को पुग्लान् ?

आजको जीतसँगै श्रीलंका ३ खेलमा २ जित १ हारसहित ४ अंकका साथ २० राष्ट्र सम्मिलित टी–२० विश्वकपको ‘सुपर १२’ प्रवेश गर्ने पहिलो टोली बनेको छ । यता ३ खेलमा २ जित र रु१ हारसहित समान ४ अंक हुँदा पनि नेदरल्याण्ड रनरेट कम भएका कारण ‘सुपर १२’ समूह ‘ए’मा अब नामिबिया र युएईबीचको खेलको नजिता पर्खिनुपर्ने छ ।

नामिबियाले २ खेलमा १ जित र १ हार ब्यहोर्दै २ अंक बटुलेको छ । युएईंसँग हार ब्यहोरेमा नेदेरल्याण्ड सोझै ‘सुपर १२’मा प्रवेश गर्नेछ । जित हात पारे रनरेटका आधारमा ‘सुपर १२’मा जाने टिमको टुंगो लाग्नेछ । २ खेलमा हार व्यहोरेको युएई भने अन्तिम खेल खेल्नु अगावै समूह चरणबाटै बाहिरिसकेको छ ।

‘सुपर १२’मा जाने थप ३ टोलीको टुंंगो लाग्न भने बाँकी छ । समूह ‘बी’ तर्फ स्कटल्याण्ड, जिम्बाब्बे, वेष्ट इण्डिज र आयरल्याण्डले २ खेलमा समान १ जित र १ हार ब्यहोरेका छन् । यद्दपी रनरेटका आधारमा स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

समूह चरणका उत्कृष्ट चार टिमले उपाधीका लागि सुपर १२ मा आईसीसी वरियतामा उच्च ८ स्थानमा अटेका टेस्ट मान्यता प्राप्त राष्ट्रहरुसँग भिड्नेछन् । जहाँ समूह १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् । उनीहरुसँग समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेताको भेट हुनेछ ।

यस्तै समूह २ मा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् । उनीहरुसँग समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेताको भेट हुनेछ । सुपर १२ का खेलहरु २२ अक्टोबरदेखि सुरु हुनेछन् ।