काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,“सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन् ।”


ADVERTISEMENT

# # #


उनले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि दाबी गरे । उनले भने, “अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्धिविधा छैन ।”

उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओलीनै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे । महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए ।

उनले थपे, “म सँग यसका दुईवटा उत्तर छन्, म वाम गठबन्धनको एउटा ठूलो घटक नेकपा एमालेको महासचिव हुँ । मैले औपचारिक रुपमा भन्दाखेरि खासगरी मैले फलानो प्रधानमन्त्री भन्दाखेरि उचित हुँदैन, तर यस विचमा नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री केपी शर्मा ओली भनेको कुरा म सम्झिरहेको छु, र उहाँको बोलाईप्रति मेरो भनाई के हो भने यो बुझ्ने कुरा हो, ओलीको भुमिका र प्रस्तुति र निर्वाचन परिणामले गर्दा अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्ने कुरा अन्डरस्टुड कुरा हो, यो अन्डरस्टुड कुरा भएकोले निर्णय नभएसम्म मैले भन्न मिल्दैन ।”