काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका निमित्त हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अकल्पनीय भएको अध्यक्ष कमल थापाले बताएका छन् । साथै उनले एमाले सबैभन्दा ठूलो पार्टी भएकोमा बधाई समेत दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले यो निर्वाचन परिणामा राप्रपाका निमित्त अत्यन्त निरशाजनक रहेको भन्दै जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले हार्दिकताका साथ शिरोधार्य गर्ने प्रष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष थापाले निर्वाचन परिणामपछि पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुलाई दुःख र चिन्ता लाग्नु स्वभाविक भएको पनि बताएका छन् । उनले निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको र त्यसवारेमा केन्द्रिय कार्यसमितिले बिस्तृत अध्ययन अनुसन्धान गर्ने जनाएका छन् ।

‘पार्टीको वैचारिक पक्ष एवम् कार्यशैलीमा समेत पुनर्समिक्षा र सुधार गर्नु पर्ने टड्कारो आबश्यकता देखिएको छ । तथापि पार्टी कार्यकताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो । अब के गर्ने यसबारे हामी गम्भिरताका साथ बिचार गर्ने नै छौ’ विज्ञप्तिमा भनेका छन् ।

उनले चिन्ता र पीडाको घडिमा बिचलित नभई पार्टीको आदर्श र मान्यताप्रति प्रतिबद्ध रहंदै एकता कायम राख्न नेता कार्यकर्तालाई थापाले अपिल गरेका छन् । उनले नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट बिचार बोकेको राष्ट्रवादी पार्टीको रुपमा स्थापित राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको नभएको र नहुने जिकिर पनि गरेका छन् ।